स्पर्स लघुवित्त वित्तीय संस्थाले आ.व २०७७/७८ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । चितवनको सौराहा स्थित जंगल सफारी लजमा फागुन १५ / १६ मा सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।
कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को दोस्रो त्रैमाससम्म शाखा संचालनका क्रममा देखिएका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल भोग्नु परेका समस्या र त्यसको समाधानको उपाय तथा लघुवित्तका अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले आँउदो त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना व्यक्त गर्दै, संस्था ग्लोबल आइएमई लघुवित्त संग प्राप्तिमा गईसकेको र छिट्टै एकिकृत कारोवार शुरुवात भई सबल संस्थाको रुपमा स्थापित हुने जानकारी गराएका थिए ।
लेखापरीक्षण विभाग प्रमुख खेमराज लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यसञ्चालन विभाग प्रमुख सुदिप आचार्य लेखा विभाग प्रमुख ऋषभ सुवेदी र कर्जा विभाग प्रमुख शम्शेर वहादुर नेपाली ले विभाग अन्र्तगतका विषय वस्तुमा अन्तरक्रिया गराएका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित ३० जना कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा आगाभी दिनको कार्य सम्पादन प्रभावकारी वनाउन सुझाव दिदै कार्यक्रम समापन भएको थियो ।

