पोखरा 26 । कास्की जिल्लाको विजयपुरमा केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयहरुले कोभिड–१९ को यस बिषम परिस्थितीमा सर्वसाधारणको सुरक्षामा अहोरात्र खटिने प्रहरी सुरक्षाकर्मीहरुको स्वस्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले माक्स तथा सेनिटाईजर वितरण गरेको छ ।


संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर सेनिटाईजर तथा २५ प्याकेट माक्स वितरण गरेका छन् ।


संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले पनि सुरक्षाकर्मीको उच्च मनोबलमा थप योगदान पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामि दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री हरिकृष्ण जोशीले बताउनुभयो ।