पोखरा ८ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा गठित विश्व वित्तीय सप्ताह समितिको निर्णयलले आगामी मार्च २१ देखि २७ सम्म विश्व वित्तीय सप्ताह ( Global Money Week- 2022) कार्यक्रम मनाउने निर्णय गरेको छ । वित्तीय संस्थाले लघुवित्त कार्यक्रममा आबद्ध ग्राहक सदस्य, किशोर,किशोरी तथा युवा,युवती, स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको हो । वित्तीय ज्ञान, सीप, मनोवृति र व्यवहारमा परिवर्तन ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रमका संयोजक सजल खडकाले जानकारी गराए । विशेष गरी यस कार्यक्रममा कर्जा, बचत, बीमा, विप्रेषण, शेयर, लगानी आदि विषयमा प्रशिक्षण गरिने भएको छ ।

वित्तीय संस्थाले विश्व वित्तीय सप्ताहका कार्यक्रमको आयोजना यस प्रकार गरेको छ ।

1, 21st March-2022, (चैत्र ०७, सोमबार) ः वित्तीय संस्थाको केन्द्रीय कार्यालय, विजयपुर, कास्कीमा कार्यरत कर्मचारीहरु बीच वित्तीय सचेतना विषयमा अन्र्तक्रिया कार्यक्रम गरिने र वेभसाइट तथा फेसबुक पेजमा ग्लोबल मनी विक सफल पारौभन्ने नारा सहितको ब्यानर पोष्ट गर्ने र त्यसलाई अत्याधिक मात्रामा सामाजिक संजालमा शेयर गरिने ।
2, 22nd March-2022, (चैत्र ०८, मंगलबार) : शाखा कार्यालय, आइविआरडि, कन्चनपुरमा वित्तीय साक्षरता / सचेतना कार्यक्रम गरिने ।
3, 23rd March-2022, (चैत्र ०९, बुधबार) : शाखा कार्यालय, मसुरीया, कैलालीमा वित्तीय साक्षरता / सचेतना कार्यक्रम गरिने ।
4, 24th March-2022, (चैत्र १०, विहिबार) : शाखा कार्यालय, राजापुर, बर्दियामा वित्तीय साक्षरता / सचेतना कार्यक्रम गरिने ।
5, 25th March-2022, (चैत्र ११, शुक्रबार) : शाखा कार्यालय, सम्झनाबजार, बाँकेमा वित्तीय साक्षरता / सचेतना कार्यक्रम गरिने ।
6, 26th March-2022, (चैत्र १२, शनिबार) : श्री त्रिभुवन क्याम्पस, भानु–११, तनहुँमा वित्तीय शिक्षा / सचेतना कार्यक्रम गरिने ।
7, 27th March-2022, (चैत्र १३, आईतबार) :शाखा कार्यालय, बाबियाचौर, सुर्खेत र गोल्टार, सिन्धुलीमा वित्तीय साक्षरता / सचेतना कार्यक्रम गरिने ।

कार्यक्रम संयोजक खडकाले वित्तीय साक्षरता कार्यक्रम संचालनले ग्राहक, अभिभावक, स्थानीय आम सर्वसाधारण, युवा÷युवती तथा किशोर÷किशोरी विद्यार्थीहरुमा वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञानमा अभिवृद्धि हुन गई आर्थिक रुपमा सबल हुने, बचत गर्ने र सोलाई उचित प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने बानीको विकास हुने तथा पैसा र धनको उचित प्रयोग गरी समृद्धि तथा प्रगतिको बाटोमा अग्रसर हुने अपेक्षा गरिएको वताए । कार्यक्रम २०७८ चैत्र ७ गते देखी चैत्र १३ गते सम्म सञ्चालन हुनेछ ।