एक जना अभिनेत्रीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा हुनुभएको छ ।
‘कबड्डी ४’ फिल्मकी नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई तीन हजार रुपैयाँ धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
बौद्ध भिक्षुसमेत रहेका मुगुका लामाविरुद्ध अभिनेत्री मगरले सुन्धाराको सिभिल मलको कफी शपमा आफूमाथि दुर्व्यवहार गरेको प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।
लामालाई पक्राउ गरिएको विरोधमा आज काठमाण्डौ चाबहिलमा प्रदर्शनसमेत भएको थियो । यस्तै लामा रिहा भएपछि कर्णालीका बासिन्दा र लामा समुदायले आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम राखेकामा त्यो स्थगित भएको छ ।
‘कबड्डी ४’ की अभिनेत्रीमाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा रिहा
‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।
उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् ।
प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन् ।
यता चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् । ‘तपाईहरूबाट नै मैले पनि थाहा पाएको छु । नायिकासँग सम्पर्क भएको छैन । यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौं,’ गुरूङले भने ।
उक्त विवादलाई लिएर चलचित्र नै बहिस्कार गर्नुपर्छ भन्ने विषय गलत भएको उनको भनाइ छ ।