हिमालयन हाइड्रोपावर लिमिटेडको IPO आज Asar 15 गते देखि जारि भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि १९६८२५० कित्ता आईपीओ निष्काशन गरेको हो।

कति सम्म पुग्न सक्छ IPO को मूल्य

तपाइँ पनि लगानीकर्ता हुनुहुन्छ होला, IPO प्रतीक्षा गरिरहनु भएकोछ, भने तपाइको लागि उत्तम मौका हो। यो IPO मा मात्र रु १००० लगानी गरि छोटो समयमा ५ हजारसम्म बनाउन सक्नुहुन्छ। लगानीकर्ताले mero share app बाटै IPO मा आबेदन दिन सक्छन।

हिमालयन hydropower IPO

हिमालयन hydropower लिमिटेड ले प्रति कित्ता रु १०० मा IPO जारि गरेको छ। कम्पनीले कुल १९६८२५० कित्ता आईपीओ सर्बसाधारण का लागि जारि गरेको हो। यस मध्ये २% अर्थात ३९,३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५% अर्थात ९८ हजार ४१३ कित्ता शेयर mutual fund हरुलाई allot गरिएको छ।

सर्वसाधारण लगानीकर्ताका लागि कम्पनीले १८,३०,४७२ कित्ता IPO shares छुट्याएको छ। प्रति कित्ता रु १०० दरले लगानीकर्ताले IPO मा आवेदन दिन सक्नेछन्।

हिमालयन hydropower IPO Date

कम्पनीले IPO आज Asar 15 गते देखि जारी गरेको हो। IPO को आबेदन Asar 19 गते सम्म खुला रहनेछ। उक्त दिन सम्म पनि सबै IPO बिक्रि नभएमा Asar 29 गते सम्म IPO मा आबेदन दिन सकिनेछ ।

कति कित्ता दिने आबेदन?
कम्पनीले IPO आबेदनमा न्युनतम र अधिकतम कित्ता तोकेको छ। लगानीकर्ताले IPO मा न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

तपाइले यस IPO मा मात्र १० कित्ता अर्थात् रु १००० बराबर को मात्र आबेदन दिन उपयुक्त हुन्छ। किनकि यस IPO मा पनि लकि ड्रा मार्फत allotment हुनेछ। IPO पाउन भाग्य कै भर पर्न पर्ने हुन्छा।

IPO मा कसरि दिने आबेदन?

तपाइले आफ्नो बैंक खाता रहेको CASBA सदस्य बैंक तथा वित्तीय संस्था कार्यालयमा गइ IPO को आवेदन दिन सकिनेछ। यसका अलावा Mero शेयर एप तथा वेबसाइटबाट अनलाइन मा IPO का लागि आवेदन दिन सकिनेछ।

कम्पनि विवरण

हिमालयन Hydropower लिमिटेड को बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि यस कम्पनीले रेटिङ्ग सम्पन्न गराएको छ। इक्रा नेपालले यस hydro कम्पनीलाई इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यस rating अनुसार कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कस्तो कम्पनी हो?

हिमालयन हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६६ Mangsir २२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो ।

Since 2074 Baishak 28, it पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ । कम्पनीको रजिष्ट्रार कार्यालय बुद्धनगर 10 काठमाडौं मा रहेको छ ।

कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र कास्कीको मादी गाँउपालिका वडा नं. २ मा रहेको छ । कम्पनीले ११.८८ मेगाबाट क्षमताको नामार्जुज मादि जलविद्युत आयोजनाको निर्माण कार्य सम्न्न गरिसकेको छ । आयोजनाबाट 2077 Ashoj 12 देखि व्यवसायिक विद्युत उत्पदान हुदै आइरहेको छ ।

साधारण लगानी फिर्ता हुने अवधि ९.९४ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १७.०७ वर्ष रहेको छ ।