काठमाडौं : मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ।नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक जना व्यत्तिले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई पनि हुत्याइदिन्छन्। 

दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस चलिरहको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई समेत विरोध गरेका छन्।