ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले महिलालाइ उधमी वनाउने उद्धेश्य स्वरुप तनहुँको थर्पु र दमौलीमा सदस्यहरुलाई शिपमुलक तालिम प्रदान गरेको छ । संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवशाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो ।

कृष्टलका चुरा, पोते, औंठी, टप लगायतका गहना बनाउने सम्बन्धि तालिम थर्पुमा सञ्चालन गरेको थियो भने डल, कुशन बनाउने तालिम संस्थाको चापाघाट शाखाले दमौलीमा सञ्चालन गरेको थियो । तालिममा ५० जना महिला सदस्यहरुले सहभागीता जनाएका थिए भने असार २३ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको उत्त तालिममा रबिना रिजालले प्रशिक्षण दिएकी थिइन ।

संस्थाको ५४ जिल्लामा ११९ वटा शाखा र १,४६,००० भन्दा बढी सदस्यहरु रहेका छन् ।वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा लगानी मात्र नगरी उधमी बनाउन विभिन्न समयमा यस्ता शिपमुलक तालिमहरु समेत सञ्चालन गर्दे आइरहेको यसै स‌स्थाका कार्य सञ्चालन विभाग प्रमुख सुदिप आचार्यले जानकारी गराए।