काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिचौलियासँग मिलेर करको दर हेरफेर गरेको आरोप लागेपछि गठन भएको संसदीय छानबिन समितिले मंगलबार काम सुरु गरेको छ । भने १० दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने समयावधि समितिले पाएको छ । समितिको पहिलो बैठकले आफ्नो कार्यविधिको मस्यौदा तयार गरेको छ । 

यी फुटेज बिहीबार २ बजेसम्म उपलब्ध गराउन निर्देशन दिने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । सीसीटीभी फुटेजको ‘स्टोरेज’ तीन महिनासम्म हुनुपर्ने र अनुसन्धान वा छानबिनका लागि माग भएमा उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी समितिले पहिलो चरणमा अर्थ मन्त्रालय परिसरको जेठ १४ मध्याह्नदेखि १५ गते मध्याह्नसम्मको सीसीटीभी फुटेज झिकाएको छ ।

जेठ १४ मा सिंहदरबार प्रवेश गर्ने व्यक्तिको विवरण हेर्दा पनि वास्तविकता पहिल्याउन सहज हुने जानकारहरू बताउँछन् । अर्थ मन्त्रालय को–को गए ? त्यसको अभिलेख हेर्न जरुरी छ ।’ उक्त दिन शनिबार भएकाले पनि सिंहदरबार प्रवेश गर्नेको अभिलेख केलाउन थप सजिलो छ ।

सिंहदरबार गेटमा ड्युटीमा खटिएका प्रहरीलाई समेत बयान लिएर मध्यरातमा सिंहदरबार प्रवेश गर्ने व्यक्ति को हुन् ? सोधपुछ गर्न सकिने अरू विज्ञहरूको भनाइ छ । अनधिकृत रूपमा मन्त्रालय छिरेका भनिएका व्यक्ति त्यो दिन कहाँ थिए, कल रेकर्ड र लोकेसन ट्र्याक गर्नेबित्तिकै वास्तविकता पत्ता लाग्ने प्रमुख प्रतिपक्ष एमालेका सा‌सद तथा पूर्वडीआईजीसमेत रहेका नवराज सिलवालको भनाइ छ ।