पोखरा, गण्डकी ऊर्जा प्रालि फोहोरलाई प्रशोधन गरी मल र ग्यास बनाउने उद्योग हो । महानगरका घरघरबाट निस्कने कुहिने नपाएको हुँदा ऊ गाईबस्तुको मल किनेर प्रांगारिक मल र बायोग्यास उत्पादन गरिरहेको छ । उद्योगले दिनमा ४५ टन फोहोरबाट बायो ग्यास र प्रांगारिक मल बनाउँछ तर मलका वनाउनका लागिगोरखा पालुङटार, पोखराको बागमारा, फूलबारी, दिपाङ ताल, चाउथे, काहुँडाँडा लगायत ठाउँबाट गाईभैंसी र कुखुराको मल किनिरहेको छ ।

कम्पनीका अध्यक्ष प्रगत कायस्थका अनुसार कम्पनीले पोखरा महानगरसँगै गण्डकी प्रदेशसँग समन्वय गर्न निकै प्रयास गरेको थियो । ‘हाम्रो उद्योग हेर्न यसअघिका मुख्यमन्त्री र मेयर तथा केन्द्रका ऊर्जामन्त्री सबै आइसक्नुभयो, राम्रो काम गरेकोमा स्याबासी दिनुहुन्छ तर हाम्रो समस्याको बारेमा कसैले केही गर्नु हुन्न

महानगरपालिकालाई अहिले फोहोर कहाँ फाल्ने भन्ने पिरलो छ ।भएको डम्पिङ साइट सार्नु छ, अन्त जुन ठाउँका बासिन्दा पनि विरोधमा उत्रिहाल्छन् । ग्यास उत्पादन भइसकेपछि उक्त मल वा अन्य कुहिने फोहोरको अर्गानिक मल बन्छ । गण्डकी ऊर्जाबाट बनेको मलको माग मनाङ र मुस्ताङमा बढिरहेको प्रालिका अध्यक्ष कायस्थले बताए । ‘मनाङमा अहिले केही समुदायले स्याउ खेतीमा रासायनिक मल प्रयोग नगर्ने भनेर नै अभियान चलाएका रहेछन् । विदेशी रासायनिक मलमा सरकारले अनुदान दिने गरेको र कृषकहरु मलमा अनुदान पर्खिने गरेकाले पनि व्यवसाय थप मारमा परेको कायस्थको गुनासो छ ।

हाल ८ देखि १० घण्टा मत्रै सञ्चालन हुँदा दैनिक ४५ टन मल खपत हुँदै आएको छ । अन्य कुहिने फोहोरजस्तै फलफूल तरकारीको फोहोर मसिनो गरी मेसिनले ‘व्रस’ गरेर ग्यास र मल बनाउने पहिलो प्रक्रियामा अपनाउनुपर्छ भने गाईबस्तुको मल भने सिधै मल प्रिपिरेसन ट्यांकमा राख्न मिल्छ । उद्योगले उत्पादन गरेको बायो ग्यास मणिपाल हस्पिटल, चरक अस्पताल क्यान्टिन र ‘आई ब्लुज’ रेस्टुरेन्ट लगायत विभिन्न होटल, रेस्टुरेन्टमा बिक्री भइरहेको गण्डकी उर्जाका सहसंस्थापक असीम कायस्थले जानकारी दिए ।