पाेखरा ३१ नेपालको बैंक तथा वित्तीय संस्थामा लघुवित्तको सबै भन्दा सस्तो कजार्मा ब्याज देखिन थालेको छ । हालै बैंक तथा वित्तीय संस्थाले प्रकाशीत गरेको ब्याजदर हेर्दा लघुवित्तले कर्जामा लिने ब्याजदर सस्तो देखिन आएको हो । प्राय जसो बैंकहरुको बेश रेटनै डबल डिजीटमा देखिएको र त्यसमा बैंकको प्रकासीत प्रीमीयम जोडेर हेर्दा १५ प्रतिशत माथी जाने तर लघुवित्तको १५ प्रतिशत भन्दा बढि ब्याज लिन नपाइने प्राबधानका कारण यस्तो हुन आएको हो ।

लघुवित्तले बैंक तथा बित्तीय संस्था सीत कर्जा लीई आफना ग्राहकलाई लगानी गर्दै आएका छन् । जब लघुवित्त वित्तीय संस्थाहरुले लिने कर्जाको ब्याजदर नै महंगो परेपछि लघुवित्तहरुको प्रथम त्रैमासको रीपोर्ट सन्तोष जनक नआउने देखिएको छ । एकातीर लघुवित्त वित्तीय संस्थाहरुले लिने कर्जाको ब्याजदरनै महंगो पर्ने तथा अर्का तर्फ ऋणि तथा ब्यवसायीहरुले कर्जा मिनाहा हुन्छ भनि गरिएका आन्दोलनहरुले कर्जाको असुलिमा समेत प्रभाब परेका कारण प्रथम त्रैमासको रीपोर्टमा असर पर्ने नै छ । यहि अबस्था रहने हो भने कात्तीक वाट कर्जाको ब्याजदर बढने र कर्जा असुलिमा समस्या देखिने हो भने धेरै लघुवित्त वित्तीय संस्थाहरु घाटामा जाने देखिन्छ ।

२०७९ श्राबणको रीपोर्ट हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४७ खर्ब प्लस रहेको छ भने बिपन्न बर्ग कर्जा भनेर ३ खर्ब प्लस रहेको छ जसमा लघुवित्तलाई २ खर्ब प्लस मात्र लगानी रहेको छ । लघुवित्तलाई मात्रै दिएको ऋणको औषत हेर्ने हो भने अहिले पनि ५ प्रतिशत पुगेको देखिदैन । बेैक तथा वित्तीय संस्थहरु आफैले बिपन्न बर्ग कर्जा गरिरहेका छन र लघुवित्तहरुलाई कमर्सीयल रेटमा कर्जा प्रवाह गरिरहेका छन जसले गर्दा पनि लघुवित्तहरुको झन लागत बढेको देखिन्छ । बिकास बैंक तथा फाईनान्स कम्नीको १८ भन्दा माथी ब्याजदर प्रकासन गरेका छन भने लघुवित्त वित्तीय संस्था भने अधिकतम १५ प्रतिसतमै राख्ने हो भने भोली सर्भाइभ पनि नहुने दिन धेरै टाढा छैन भनेर अनुमान लगाउन सकिन्छ ।

R.R. हरिकृष्ण जोशी (प्रमुख कार्यकारी अधिकृत ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लि)