पोखरा – २६, बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ३९ लाख १५ हजार २ सय ३१ रुपैया कर्जा मिनाहा गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरु मध्य कुल ५२३ जना सदस्य तथा अभिभावकहरुको मृत्यूमा संस्थाले उक्त रकम मिनाहा गरेको हो ।


विपन्न वर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै, सामाजिक उत्तरदायित्व अन्तरगत, प्राकृतिक प्रकोप नियन्त्रण तथा सुरक्षा अन्तरगत – आगलागी हावाहुरी वाढि पहिरो, संक्रमित रोग रोकथामका लागि , विधालयहरुमा शैक्षिक सामाग्री वितरण ,प्रतिक्षालय, धारा निर्माण आँखा शिविर सञ्चालन ,किटनाशक झुल वितरण, फलफुलका विरुवाहरु वितरण, वृद्धाश्रम तथा अनाथालयहरुमा सहयोग, स्वरुप रु १८ लाख २ हजार ९ सय ८४ रुपिया वरावरको कार्यक्रम गरेको छ


हाल अफ्रिक्री महादेशवाट सुरु भएको विशेषगरी पशुमा (गाई भैसी) लाग्ने लम्पी स्कीन रोग संवन्धि जनचेतना मुलक कार्यक्रम गरी यसको रोकथाम तथा नियन्त्रणका लागि ठुलै पहल गरेको संस्थाका प्रमुख कार्यकारी अधिृकत हरीकृष्ण जोशीले जानकारी दिए ।
ग्राहक संरक्षणका कोष अन्र्तगत सुत्केरी भत्ता वितरण, क्रिया खर्च स्वरुप सहयोग, धरासायी भएका व्यवसायीहरुको लागि व्यवसाय पुर्नस्थापना कार्यक्रम, व्यवसायीक शीप मुलक तालिम तथा कार्यक्रमहरु अन्र्तगत संस्थाले रु ४७ लाख ७२ हजार ८ सय ३० रुपिया खर्च गरेको छ । संस्थाको ५४ जिल्लामा १२० वटा शाखाहरुवाट १,४९,००० भन्दा बढी सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले, वताए ।















