के रातमा तपाइँको निद्रा बिथोलिन्छ ? रातमा राम्रो र गहिरो निन्द्रा नपर्दा तपाइँको ज्यान भारि हुन्छ? ताजापन महसुस गर्न सक्नु हुन्न? रातभर कोल्टे फेर्दै बित्छ या गहिरो निन्द्रा पर्दैन ?

सामान्यत हामीले ७ देखि ८ घण्टासम्मको निद्रा लिनुपर्छ । बास्ताबिकमा भन्ने हो भने निद्रा एक औषधि हो। शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि पर्याप्त र गहिरो निद्रा आवश्यक छ । तपाईं गहिरो निद्रा पाउनुभयो भने बेग्लै किसिमको ताजापन अनुभव हुन्छ। पोषिलो खाना, समुचित श्रम, नियमित व्यायाम, विश्राम जस्तै निद्रा पनि मानब जिबन को एक महत्वपुर्ण कर्म हो।

अनिद्रा एक रोग हो। अनिद्राले शरीर बोझिलो हुन्छ, आलस्य बढ्छ, शरीरको कार्य संचालनमा समस्या आउछ, काम गर्ने लाग्दैन । अनिद्राले अनेक तनाब, उच्च रक्तचाप, मधुमेह लगायतको रोगी समेत हुन्छ।

गहिरो निद्रा र प्रयाप्त निन्द्राका लागि मन शान्त हुनु पर्छ । पिर चिन्ता, तनाबले निन्द्रा बिगार्ने काम गर्छ तेस्तै मन चञ्चल पनि हुनु भएन । मनलाई शान्त बनाउन योग, ध्यान गर्न सकिन्छ। यसैगरी शरीर लाइ श्रम पनि आवश्यक छ । शरीर निस्क्रिय बस्दा परिश्रम नगर्दा पनि गहिरो निद्रा लाग्दैन । यस्तै गरि खानपानले समेत निद्रामा असर गर्छ । मदिरापान, अस्वस्थ खानेकुरा अनि मसाले दार खानेकुराले निन्द्रालाइ असर गर्छ। सकारात्मक सोंच, सरल जीवनशैलीले गहिरो निद्राको लागि लाभदायी हुन्छ।

प्रयाप्त र गहिरो निन्द्राका लागि यस्तो गरौ

१. गहिरो निद्रा पाउनका लागि मूख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ । सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिने जस्ता काम गर्नु हुँदैन ।

२. सुतेको बेला आयव्यायको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक बिचारहरु ल्याउने जस्ता कुराले पनि निद्रा विथोलिन्छ । त्यसैले सुत्नुअघि यस्ता विकारयुक्त विचारहरु मनमा ल्याउन हुँदैन ।

३. सुत्नुअघि त्यस्ता कुराहरु सोच्नु हुँदैन, जसले मनलाई दुखित तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन्, विगतका गल्तीहरु सम्झन्छन्, भविष्यका बारेमा कल्पन्छन् । यसले पनि निन्द्रा विथोल्छ । यस्ता कुराहरु सोचेर केहि फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफुलाई सन्तुष्ट तुल्याउँछ ।

४. सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।

५. सुत्नुअघि धेरै खानेकुरा खानु ठीक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निद्रा विथोलिदिन्छ । सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।

६. सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ । निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निद्रा लाग्छ ।

७. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि राम्ररी निद्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।

८. सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केहि क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्ने जस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निद्रा लाग्छ ।

९. ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकुल हुनुहुँदैन । राती चर्को ध्वनी आउने, हल्लीखल्ली हुने जस्ता कुराले पनि निद्रा विथोलिन्छ ।

१०. सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भंग हुँदैन र निद्रा लाग्छ ।