एनसेलका ग्राहकले अब सजिलै डिजिटल वालेटहरू र एनसेलका खुद्रा बिक्रि पसलबाट डेटा र भ्वाइस प्याकहरू किन्न सक्नेछन् । एनसेलले विभिन्न मोबाइल वालेटहरूसँगको सहकार्य गरि उनीहरुको खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा दिएको हो।

समय र प्रविधिको विकास संगै विभिन्न डिजिटल वालेटको प्रयोग बढे संगै वालेट को प्रयोग गरि मोबाइल रिचार्ज गर्ने क्रम बढेको छ। विभिन्न सेवाको अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको समयमा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग साझेदारी गरेको छ । अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् ।

एनसेलले ग्राहकहरूले शुरुवाती चरणमा यी वालेटमार्फत विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक लिन सक्नेछन।

ग्राहकले नजिकैको खुद्रा विक्रेताबाट आवश्यकताअनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्छन् । यो प्रक्रियामा खुद्रा विक्रेताले ग्राहकको आग्रहबमोजिम एसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउँछन् र छानिएको प्याक सिधैं सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुन्छ ।

ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित मात्र रु. ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहित मात्र रु. ४९८.८३ मा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् ।

डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् । प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम काटिनेछैन ।