वीर गोर्खालीको कथामा निर्माण ‘गोर्खा वारियर’ को टिजर सार्वजनिक भएको छ । निर्देशक मिलन चाम्सको मेगा प्रोजेक्ट ‘गोर्खा वारियर’ निर्देशनमा निर्माण हुने अन्तररास्ट्रिय स्तरको फिल्मको टिजरमा सोमबार सार्वजनिक गरिएको हो । वीर गोर्खालीको कथामा निर्माण हुने फिल्म केहि समय पश्चात छायांकन सुरु गरिने छ ।

केही हलिउड कलाकार र ५० प्रतिशत हलिउड प्राविधिक रहने फिल्मलाई नेपाली र अंग्रेजी भाषामा तयार गरिने निर्देशक चाम्सले बताए । यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने फिल्मका लागि एक अभिनेत्रीको खोजी भैरहेको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् ।

फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।